संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय

काठमाडौं । नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्ंमा उठेको छ ।
सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
‘किमाथाङ्का नाका बन्द छ । आवतजावत पनि ठप्प छ । नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु’, सांसद खड्काले भन्नुभयो ।
साथै सङ्खुवासभा सदरमुकामबाट भोटखोला गाउँपालिका जोड्ने बाटो वर्षायाममा ठप्प हुने भएकाले खाद्यान्न ढुवानीमा समस्या हुने गरेको विषय पनि उहाँले संसद्ंमा उठाउनुभयो ।
‘वर्षायाममा भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानी नहुँदा र भण्डारणसमेत नुहँदा त्यहाँ साढे छ हजारभन्दा बढी जनसङ्ख्या भोकमरीमा पर्ने अवस्था छ । यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु’, सांसद खड्काले भन्नुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्