चीनले ताइवानको ’परिवेश’को सूक्ष्म अध्ययन गर्दै
बेइजिङ । चीनको सैन्य अभ्यासले शनिबार ताइवानको ‘परिवेश’ को पूर्वाभ्यास गरिरहेको राज्य मिडियाले उल्लेख गरेको छ ।
टास्क फोर्सले एकै साथ ताइवान टापुको वरिपरि गस्ती र अन्य किसिमको व्यवस्थित अध्ययन गर्दै गरेको जनाइएको छ । अनलाइन प्रकाशित प्रतिवेदनले अभ्यासको क्रममा चीनले प्रयोग गरिरहेको हतियारको विवरण दिइएको थियो।
सिसिटिभीले “लामो दूरीको रकेट आर्टिलरी, नौसेना विनाशक, मिसाइल डुङ्गा, वायुसेना लडाकुहरू, बमवर्षकहरू, ज्यामरहरू र रिफ्युलरहरू“ लगायतका सबै युद्ध सामग्रीको तैनाथी गरिएको बताएको छ ।रासस÷एएफपी








प्रतिक्रिया राख्नुहोस्