तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेट टोलीको मेडिकल संयोजकमा डा.सिंहलाई नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक आधिकारिक चिकित्सक पाएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले डा.अभिषेकराज सिंहलाई क्रिकेट टोलीको मेडिकल संयोजकमा नियुक्त गरेको हो ।

संघका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकलसम्बन्धी सम्पूर्ण विषयको सहजीकरण गर्ने उद्देश्यले डा.सिंहलाई मेडिकल संयोजकमा नियुक्त गरिएको जानकारी दिनुभयो ।  

सचिव पाठकले राष्ट्रिय क्रिकेट टोलीका लागि चिकित्सक नियुक्त भएपछि खेलाडीमा भरोसा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो  । 

डा.सिंहले आफ्नो अनुभवलाई राष्ट्रिय क्रिकेट टोलीका लागि भरपुर सदुपयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button