तपाईँ सुन्दै हुनुहुन्छः

दुहबीमा निःशुल्क हटलाइन सेवा 

सुनसरी । सुनसरीको दुहबीमा न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क हटलाइन सेवा सुरु गरिएको छ ।

आजबाट हिंसा पीडितहरू लगायतलाई न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले दुहबी नगरपालिकाले निःशुल्क हटलाइन सेवा सुरु गरेको हो ।  

महिला, बालबालिका, अशक्त असहाय तथा ज्येष्ठ नागरिकहरू लगायतको न्यायमा पहुँच र घरेलु हिंसा न्यूनीकरणका लागि निःशुल्क हटलाइन टेलिफोन नम्बर १६६०२५५८८९५ जारी गरिएको छ ।

दुहबी नगर प्रमुख वेदनारायण गच्छदारले निःशुल्क हटलाइन सेवाको उद्घाटन गर्दै द्रुत गतिमा न्यायमा पहुँच पुर्‍याउन निःशुल्क हटलाइन सेवाबाट दुहबीवासी प्रत्यक्ष लाभान्वित हुने आफु आशावादी भएको बताउनुभयो ।

दुहबी नगर उपप्रमुख मेनुका पोखरेल खतिवडाले चुनावमा दुहबीका नागरिकसँग गरेको वाचाको सङ्कल्प पत्र अनुसार महिला माथिको विभेद र अपमान तथा महिला हिंसा अन्त्य गर्न र महिलालाई समान अधिकार, सम्मान र अवसरमा प्राथमिकता दिने बाचा अनुसार निःशुल्क हटलाइन सेवा विस्तार गरेको बताउनुभयो । उहाँले 

स्थानीय हिंसा पीडित नागरिकलाई सूचीकृत गरि राहत तथा क्षतिपूर्तिको व्यवस्था समेत गरिरहेको जानकारी दिनुभयो ।

बिदाको दिन बाहेक आइतबारदेखि बिहीबार बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म र शुक्रबार बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म निःशुल्क हटलाइन सेवा सञ्चालनमा रहने नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button