तपाईँ सुन्दै हुनुहुन्छः

दुवै खुट्टा गुमाएका रोल्पाका बुढामगर सगरमाथा आरोहण गर्दै

रोल्पा । दुवै खुट्टा गुमाएका रोल्पाका पूर्व गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुहुने भएको छ ।

बुढामगर त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ बुधवार प्रस्थान गर्नुभएको छ  कृत्रिम खुट्टाको सहायताबाट बुढामगरले सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । 

रोल्पाको थवाङ गाउँपालिकाको मिरुलमा घर भएका बुढामगर गोर्खा आर्मीमा कार्यरत हुँदा सन् २०१० मा अफगानिस्तानमा विद्रोही पक्षसँग भएको लडाइको क्रममा आफ्नो दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाउनु भएको थियो ।

५ वर्ष देखीको धेरै बाधा अड्चनपछि अन्तिम चरण पार गरेर अनुमति पाउँदा म सगरमाथातर्फ प्रस्थान गर्दैछु म धेरै खुशी छु म मात्रै होइन म जस्ता धेरै अशक्त व्यक्तिलाई सगरमाथा चढाउनु छ  मेरो आरोहणको समय २ महिनाको हुनेछ बुढामगरले भन्नुभयो  

मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) लगायतका आरोहण गरिसकेका साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गर्ने डबल एम्प्युटी  एभोब नी (घोडा माथिबाट दुवै अङ्ग विच्छेदन) को अभिलेखमा बुढामगरको नाम उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button