तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त राष्ट्र सङ्घका नवनियुक्त आवासीय संयोजकद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष नेपालका लागि संयुक्त राष्ट्र सङ्घका नवनियुक्त आवासीय संयोजक हाना सिङ्गर हाम्देले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उहाँले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुभएका प्रधानमन्त्री दाहालसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button