मधेश प्रदेश सरकारबाट नेकपा एमाले आज बाहिरिँदै

जनकपुरधाम । मधेश प्रदेश सरकार रहनु भएका नेकपा एमालेका मन्त्रीहरूले आज साझ राजीनामा गर्न लाग्नु भएको छ ।
नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा ४ मन्त्री र एक जना राज्यमन्त्री गरेर पाँचजना सरकारमा सहभागी भएकोमा केन्द्रमा एमाले सरकारबाट बाहिरिएका कारणले मधेश प्रदेश सरकारबाट राजीनामा दिन लागेको नेकपा एमालेका तर्फबाट प्रदेश सरकारमा रहनु भएका गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंहले जानकारी दिनु भएको छ ।
मधेश प्रदेश सरकारमा नेकपा एमालेको भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोज कुमार यादव, कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रीमा राजकुमार लेखी, गृह तथा सञ्चार मन्त्रीमा शत्रुधन प्रसाद सिंह, महिला, वाल.वालिका, युवा तथा खेलकुद मन्त्रीमा मोहम्मद जयद आलम तथा गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय सहभागी रहनु भएको छ ।
केन्द्रमा आएको सत्ता परिवर्तनका कारणले मधेश प्रदेशको सरकारमा नेकपा एमाले बसिरहन उपयुक्त नभएको भन्दै आफूहरूले राजीनामा दिन लागेको मन्त्री सिंहले जानकारी दिनु भएको छ ।
मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा नेकपा एमाले सरकारबाट बाहिरिएपछि र प्रदेश सभाका दोस्रो ठूलो दलको रुपमा रहेको नेपाली काँग्रेस प्रदेश सरकारमा सामेल हुने बाटो खुल्ला हुने भएको छ ।
केन्द्रमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेकाले मधेश प्रदेशमा नेपाली काँग्रेसले सरकारको नेतृत्व पाउनु पर्ने माग गर्दै पार्टीका संसदीय दलका नेता कृष्णप्रसाद यादवले विभिन्न पार्टीका केन्द्रीय नेताहरूसँग भेटघाट गर्नु भएको थियो । तर मधेश प्रदेशमा जनता समाजवादी पार्टीकै नेतृत्वमा सरकार रहने विश्वस्त श्रोतले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्