तपाईँ सुन्दै हुनुहुन्छः

अरुण तेस्रो परियोजनाका लागि पुनः सर्वे गर्न जग्गाधनीको माग

भोजपुर । ९ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाका प्रभावित जग्गाधनीले आफूहरूलाई विस्थापित बनाउने गरी टावर निर्माणको कार्य हुन लागेको भन्दै आफ्नो क्षेत्रमा पुन सर्वे कार्य गर्न माग गरेका छन् । 

सङ्खुवासभाबाट भोजपुर हुँदै जाने चार सय केभी प्रसारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय नै नगरी काम अगाडी बढाउन खोजिएको भन्दै भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाका जग्गाधनीले पुन सर्वे सहितको माग अगाडी सारेका हुन । आफूहरूका मागहरू सम्बोधन गराउन जग्गाधनी सहितको सङ्घर्ष समिति नै निर्माण गरी आफ्नो माग पुरा गर्न आयोजनालाई उनीहरूले माग गरेका छन् । 

गाउँपालिकामा प्रसारण लाइन सर्वे गर्दा बसोबास गरिरहेको बस्तीहरू र खेतीयोग्य जमिन नछली सर्वै गरिदा बस्ती नै विस्थापित हुने अवस्था आएकाले आफूहरूले पुन सर्वेको माग गरिएको सङ्घर्ष समितिका संयोजक पावीहाङ राईले बताउनुभयो । आयोजना निर्माणका विषयमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अन्तरक्रियामा आफ्नो भनाई राख्दै संयोजक राईले गौरवको आयोजना देश र जनताको हितमा बन्ने भएतापनि त्यसको काम भने जबरजस्त रुपमा अगाडी बढाउन खोजिएकोले त्यो आफूहरूलाई मान्य नहुने बताउनु भएको थियो । 

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आयोजना र सर्वैका विषयमा आफूहरूसँग समेत सम्बन्धित निकायले उचित समन्वय नगर्दा अहिले यो समस्या देखिएकोले स्थानीयवासीले उठाएका सवालहरू सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो ।

लगानी बोर्ड, बिद्युत् प्राधिकरण, इन्जिनियर, प्रभावित क्षेत्रका जनप्रतिनिधि, सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू, जिल्ला समन्वय समिति, सुरक्षा निकाय, अरुण तेस्रो परियोजनासँग सम्बन्धित विज्ञहरू सहितको अन्तरक्रिया कार्यक्रममा लगानी बोर्डका सहसचिव अमृत लम्सालले आयोजनाका विषयमा जानकारी गराउनु भएको थियो । 

अरुण तेस्रो आयोजनाका लागि जिल्लाको षडानन्द नगरपालिका, भोजपुर नगपालिका र टेम्केमैयुङ गाउँपालिकामा गरी एक सय टावर पोल निर्माण हुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button