तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा सामाजिक तथा धार्मिक सद्भाव र्‍याली

जनकपुरधाम । जनकपुरधाममा सामाजिक सद्भाव कायम गर्नका लागि हिन्दू तथा मुस्लिम समुदायका व्यक्तिहरूको सहभागितामा आज सद्भाव र्‍याली निकालिएको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव तथा मुस्लिम धर्मका मौलानाहरुको सहभागितामा निकालिएको सद्भाव र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

नगर परिक्रमापछि जानकी मन्दिरमा आयोजित सद्भाव सभामा विभिन्न वक्ताहरूले धार्मिक रुपमा विगत देखि रहेको सद्भावलाई अगामी दिनमा पनि कायम राख्न एक अर्काको चाडपर्वलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले धार्मिक रुपमा अलग भए पनि सामाजिक रुपमा हामी सबै मिलेर बसेकाले सानोतिनो विवादमा सामाजिक सद्भाव बिगार्न नहुने बताउनुभयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले एक समुदायले मनाउने चाडपर्वमा सहभागी भएर शुभकामना र सद्भाव आदानप्रदान गर्ने परम्परालाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button