सत्ता गठबन्धनको बैठक दिउँसो ३:०० बजे पुनः बस्ने

काठमाडौँ । सरकारका न्यूनतम साझा कार्यक्रम र मन्त्रालय बाँडफाँडका विषयमा टुङ्गो लगाउने बसेको सत्ता गठबन्धनको बैठक पुनः बस्ने गरी सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको १० दलका शीर्ष नेताको बैठक दिउसो ३ः०० बजे पुनः बस्ने गरी सकिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।
सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाँडका विषयमा टुङ्गोमा पुग्न नसकेपछि बैठक ३ बजे पुनः बस्ने भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत हुनुहुन्थ्यो ।
हिजो साँझ बालुवाटारमा बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका न्यूनतम साझा कार्यक्रम र मन्त्रालय बाँडफाँडको प्रस्ताव राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्