तपाईँ सुन्दै हुनुहुन्छः

खजुरा खोलामा पक्की पुल निमार्णको शिलान्यास 

नवलपरासी । नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका अन्तर्गत वडा नं.५ र १६ जोड्ने खजुरा खोलामा पक्की पुल निमार्णका लागि शिलान्यास गरिएको छ ।

प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आज उक्त पुलको  शिलान्यास गर्नुभएको हो।

कुल रु ९ करोड  ७७ लाखको लागतमा ३० महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष्य लिएको पुल संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा निर्माण हुन लागेको हो  ।

पुलको शिलान्यास गर्नुहुँदै सांसद चौधरीले ठेकेदार कम्पनीले तोकिएको समयभित्रै काम सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  । उहाँले पुल निर्माणपछि  त्रिवेणी धाम पुग्न सबैभन्दा नजिकको बाटो हुने विश्वास व्यक्त गर्नुभयो ।

७५ मिटर लम्बाइ र ११ मिटर चौडाइमा निर्माण हुने पुल निर्माणपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का ग्रामीण क्षेत्रमा यातायातको पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button