तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदारीबारे भागबन्डा मिलाउन गठबन्धन दलहरुको बैठक आज बस्दैछ।

आज दिउँसो बस्ने बैठकले मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरुको टुङ्गो लगाउने तयारी छ। सरकारलाई विश्वासको मत दिएका सबै दललाई समेट्ने र गृह तथा अर्थ लगायतका महत्वपूर्ण मन्त्रालयमा कसरी भाग मिलाउने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तारमा सकस छ।

शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आज र भोलि गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियाे।

प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिए लगत्तै चैत १० गतेभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म सत्ता गठबन्धनको बैठक राख्नु भएकाे थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button