तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला

काठमाडौं । नेकपा एमालेको प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनित हुनुभएको छ ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतकमा मनोनित गर्नुभएको हो ।

दुवैलाई यही फागुन २५ गतेदेखि लागू हुने गरी मनोनयन गर्नुभएको हो । गिरी पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र बर्तौला एमाले पार्टी बागमती प्रदेशको उपसचिव हुनुहुन्छ ।

उहाँहरू दुवै जनालाई एमाले सङ्घीय संसदीय दलको विधान–२०७७ बमोजिम एमाले अध्यक्षसमेत रहनुभएका ओलीले मनोनयन गर्नुभएको हो ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा गिरी पर्वत र बर्तौला मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button