तपाईँ सुन्दै हुनुहुन्छः

प्रगति माविद्वारा थापा, बुढाथोकी र दुलाल सम्मानित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ मा रहेको प्रगति अङ्ग्रेजी माध्यमिक विद्यालयले पत्रकार, साहित्यकार र कलाकारलाई सम्मान गरेको छ ।

विद्यालयको ३१ औँ वार्षिकोत्सव समारोहको अवसरमा जिल्लाका ३ जनालाई सम्मान गरिएको हो । पत्रकारितातर्फ पत्रकार महासङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापा, साहित्यतर्फ युवा साहित्यकार किशमा किशोर बुढाथोकी र सङ्गीततर्फ लोकगायक पदम दुलाललाई सम्मान गरियो । नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले उहाँहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

सिन्धुपाल्चोक जिल्लामा जन्मेर राष्ट्रलाई योगदान गर्ने विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि निरन्तर सम्मान गरिँदै आएको प्रिन्सिपल ऋषि नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button