राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपति भण्डारी समक्ष प्रधानमन्त्री प्रचण्डले सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
प्रतिवेदन पेश गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकारले मुलुकको कृषि, ऊर्जा, पर्यटन, रोजगारी सिर्जना, उद्योग धन्दाको विकास, जलवायु परिवर्तन लगायतका क्षेत्रमा महत्वपूर्ण काम सम्पादन गरेको बताउनुभयो ।

प्रतिवेदनमा गत आर्थिक वर्षमा सरकारले गरेका महत्वपूर्ण कामहरू सहितको विवरण समावेश गरिएको छ ।
समारोहमा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीसहित सचिवहरू र राष्ट्रपति कार्यालयका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्