एमालेले गरेका काम जनतासम्म पुर्याउन ‘मिसन ग्रासरुट’ : सचिव रायमाझी

अर्घाखाँची । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरि ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।
एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गर्नुभयो ।
पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पीताम्बर भुसाललगायतको उपस्थिति थियो । रासस








प्रतिक्रिया राख्नुहोस्