नेपाली हाते कागज (फोटोफिचर)

पाँचथर I पाँचथरको फिदिम नगरपालिका – ३ का स्थानीयले नेपाली हाते कागजको व्यवसायीक रूपमै उत्पादन गरी आम्दानीको प्रमुख श्रोत बनाइरहेका छन् ।

नेपाली कागजको विशेष गरी सरकारी कार्यालयमा प्रयोग गरिन्छ । सरकारी कागजात बनाउन, घर जग्गाको नक्सा, चिना, टिपन, तमसुक बनाउन नेपाली कागजको प्रयोग गरिन्छ । जिल्लाको पहाडी क्षेत्रमा पाइने अर्गेलीलाई प्रशोधन गरेर कागज बनाइने स्थानीय स्मिता राई बताउनुहुन्छ ।

किरा धमिराले कम खाने साथै लेखेको हतपत नबिग्रिने भएकोले नेपाली कागज लोकप्रिय बन्दै गएको छ । यस वडामा करिब २ सय घर परिवारले हप्तामा ३० हजार बढी कागज उत्पादन गर्ने गरेका छन् । फागुन महिना देखी जेठ महिना सम्म विशेष उत्पादन हुने कागजबाट प्रति परिवार ४० हजार सम्म मासिक आम्दानी हुने गरेको छ । कागज बेचेरै घर परिवार पाल्ने गरेको ६३ वर्षीय फुलमायाँ राईको भनाई छ ।

पाँचथरमा उत्पादन भएको नेपाली कागजको मुख्य बजार झापा, मोरङ, सुनसरी हुँदै काठमाडौँ सम्म हो । किसानको आम्दानीको राम्रो स्रोत भएपनि विक्री गर्न समस्या हुने गरेको व्यवसायी राजन राई बताउनुहुन्छ ।











प्रतिक्रिया राख्नुहोस्