१६ स्वर्ण पदक लिएर रोल्पा नगरपालिका प्रथम

रोल्पा । स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराकासाथ रोल्पा जिल्ला स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ रोल्पाको सदरमुकाम लिवाङमा सम्पन्न भएको छ ।
रोल्पा जिल्लाका १० वटा स्थानीयताहरूले जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको विभिन्न महिला पुरुष भलिबल ,कपर्दी ,दौड,उस्सु,तेक्वान्दो ,हाईजम्प लगाएका खेलमा सहभागी जनाएका थिए भने अन्य स्थानीय तहहरूलाई उछिन्दै रोल्पा नगरपालिका प्रथम,त्रिवेणी गाउँपालिका द्वितीय र शुनिलस्मृति गाउँपालिका तृतीय स्थान ल्याउन सफल भएका छन्
विभिन्न विधामा १६ स्वर्ण, ११ रजत र १९ कास्य पदक लिएर रोल्पा नगरपालिका प्रथम भएको छ यसैगरी १४ वटा स्वर्ण, १५ वटा रजत,१२ वटा कास्य पदक लिएर त्रिवेणी गाउँपालिका दोस्रो भयो र ६ स्वर्ण, ६ रजत, ५ कास्य पदक लिएर सुनिल स्मृति गाउँपालिका तेस्रो भएको छ ।

माडी गाउँपालिकाले ४ स्वर्ण, ३ रजत, ६ कास्य पदक हात पारेको छ थबाङ गाउँपालिकाले ३ स्वर्ण, ७ रजत, ३ कास्य पदक प्राप्त गरेको छ साथै परिवर्तन गाउँपालिकाले ४ स्वर्ण, ५ कास्य पदक ,गंगादेव गाउँपालिकाले २ स्वर्ण, ३ रजत, ५ कास्य ,
रुन्टीगढी गाउँपालिकाले १ रजत र १ कास्य पदक लिएको छ भने सुनछहरी गाउँपालिकाले १ रजत १ कास्य पदक र लुँङ्ग्री गाउँपालिकाले १ स्वर्ण मात्र जितेको छ
लिबाङकाे टुँडिखेलमा ४ दिन सम्म भएको विविध प्रतियोगितामा विजयी भएका स्थानीयतह र खेलाडीहरूलाई पदक,मेडल र पुरस्कार वितरण जिल्ला समन्वय समिति रोल्पा प्रमुख सिता आचार्य, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती र प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले वितरण गर्नुभएको हाे ।







प्रतिक्रिया राख्नुहोस्