तपाईँ सुन्दै हुनुहुन्छः

दिगो विकास सम्बन्धी अध्ययन गरिने

काठमाडौँ । राष्ट्रियसभाको दियो विकास तथा सुशासन समितिको  आज सिंहदरबारमा बसेको बैठकमा नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा अध्ययन गर्ने विषयमा सहमति जुटेको छ ।

बैठकमा सांसदहरुले दिगो विकासका लक्ष्य हासिल गर्नेक्रममा राजनीतिक प्रतिबद्धता  नभएको गुनासो गर्नुभएपछि सो सम्बन्धमा अध्ययन गर्ने विषयमा सहमति जुटेको हो । 

समितिका सभापति प्रकाश पन्थले समितिले दिगो विकास लक्ष्य कार्यान्वयनमा देखिएका समस्या पहिचान गर्न र आगामी दिनमा दिगो विकासको लक्ष्यलाई कार्यान्वयन गर्न अध्ययन गरिने जानकारी दिनुभयो । 

उहाँले आगामी वैशाखभित्रै प्रारम्भिक अध्ययन सकिने गरि समितिले काम थाल्ने जानकारी गराउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button