तपाईँ सुन्दै हुनुहुन्छः

‘सुशासन प्रवर्द्धनका लागि प्रदेश सरकारले ठोस कार्यक्रम ल्याएको छ’

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन प्रवर्द्धनका लागि ठोस कार्यक्रम ल्याएको बताउनुभएको छ ।

आज जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय नारायणी लाइसेन्स शाखा, सवारी शाखा, शहरी भवन तथा डिभिजन कार्यालय लगायतका वीरगञ्जस्थित सरकारी कार्यालयहरूको स्थलगत निरीक्षणपछि सञ्चार कर्मीहरूसँग संक्षिप्त कुरा गर्दै प्रदेश सरकार मातहतका संरचनामा सेवा प्रवाहमा देखिएको बेथिति, त्रुटि, समस्या पहिचान गरी त्यसको तत्काल समाधान गरिने दाबी गर्नुभयो ।

यातायात कार्यालय नारायणीको लाइसेन्स शाखाको स्थलगत अनुगमनमा पुग्नुभएका मुख्यमन्त्री यादवले लाइसेन्स वितरणमा देखिएका अनियमितता र बेतिथिको अन्त्य गर्दै अब लाइसेन्सको स्मार्ट कार्डको मुद्रण प्रदेशले नै गर्ने गरी आवश्यक व्यवस्था मिलाउन लागिएको खुलासा गर्नुभयो ।

मुख्यमन्त्रीसँगै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले समेत सरकारी कार्यालयहरूको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button