क्यानको साधारणसभा सुर्खेतमा सुरु
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ ।
क्यानको वार्षिक साधारणसभा आइतबारदेखि पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको हो ।
दुई दिनसम्म सञ्चालन हुने क्यानको साधारण सभामा ४५ जिल्लाका प्रतिनिधि, २१ जना प्रदेश प्रतिनिधि, १७ जना केन्द्रीय सदस्य, तीन जना पर्यवेक्षक, एम्पायर र कोच एक–एकजना गरी करिब ८७ जना सहभागी भएका छन् । साधारण सभामा चालु वर्षको प्रस्तावित बजेट, कार्ययोजना र वर्षभरि भएका उपलब्धिबारे छलफल हुनेछ ।
शनिबार गरिएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले मुलुकका विकट क्षेत्रमा पनि क्रिकेट खेलाडी उत्पादनमा क्यान लागिरहेको र त्यसका लागि पहिलो पटक कर्णाली प्रदेशमा साधारणसभा आयोजना गरिएको जानकारी दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्