राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभाकर माविलाई

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको दोस्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभाकर माध्यमिक विद्यालय देवस्थलले उचालेको छ ।
प्रभाकर मा.वि.ले २३ स्वर्ण पदक हात पार्दै रनिङ्ग शिल्डको उपाधि उचालेको हो ।
यस्तै १९ स्वर्णसहित त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराले दोस्रो स्थान हासिल गरेको छ भने तेस्रो स्थानमा १४ स्वर्णसहित कृष्ण बोर्डिङ स्कुल भएको छ ।
गत फागुन ११ गतेदेखि सञ्चालन भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड बनगाड कुपिण्डे नगरपालिका – १ को प्रभाकर माध्यमिक विद्यालय देवस्थलमा १३ गतेसम्म तीन दिनसम्म सञ्चालन भएको थियो ।
प्रतियोगिता भलिबल, कबड्डी, एथ्लेटिक्स तर्फ दौड, फ्याँक्ने, हाई जम्प, लंगजम्प, त्रिपलजम्प, ज्याभेलिंग थ्रो लगायतका प्रतियोगिताहरू भएका थिए ।
समापन कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, प्रशासकीय अधिकृत जगत घर्ती, शिक्षा शाखा प्रमुख चक्रबहादुर रावतले विभिन्न विद्यामा प्रतियोगीहरूलाई मेडलसहित प्रमाणपत्र वितरण गरेका गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्