ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते
अछाम । अछाममा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
जिल्लाको कमलबजार नगरपालिका ७ सेराबाट कमलबजार जाँदै गरेको ट्याक्टर ओरालो सडकमा पल्टिँदा कमलबजार १० तान्तिका करिब २८ वर्षका बृख बहादुर विष्टको घटनास्थलमै मृत्यु भएको कमलबजार ७ का वडाध्यक्ष नृप बहादुर बोहराले जानकारी दिनुभयो ।
दुर्घटनामा कमलबजार १० कै गाडी मालिक भक्त बहादुर विष्ट र पहिचान खुल्न नसकेका एक जना अर्का गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्