तपाईँ सुन्दै हुनुहुन्छः

रसायन तथा लागुऔषध शाखाको कार्य शुभारम्भ

सुनसरी । नेपाल प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालाको शाखाको रुपमा रहेको नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान इकाइमा रसायन तथा लागुऔषध शाखाको कार्य शुभारम्भ भएको छ ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतामा शुभारम्भ कार्यक्रमको आयोजना गरी नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान इकाई धरान अन्तर्गत रसायन तथा लागुऔषध शाखाको कार्य शुभारम्भ भएको हो ।

शाखाको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख ज्ञवालीले उपस्थित सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोला र अन्य प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button