मध्य तराइमा अत्यधिक चिसो, जनजीवन प्रभावित
वीरगञ्ज । मध्य तराइका जिल्लामा अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ ।
बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूमा आज बिहानैदेखि बाक्लो हुस्सुसहित चिसो हावा र कठ्याङ्ग्रिँदो जाडोका कारण जनजीवन प्रभावित भएको हो ।

श्री पञ्चमीपछि मौसममा सुधार आई घाम लागेको भए पनि आज एक्कासी मौसम परिवर्तन भई बिहानैबाट हुस्सु तथा कुहिरो र दिनभर घाम नलाग्दा विशेष गरी आर्थिक अवस्था निम्न भएका व्यक्तिहरू प्रभावित भएका छन् ।
बाक्लो हुस्सुको कारण सवारी दुर्घटना हुनसक्ने जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी चालकहरूलाई आवश्यक सावधान अपनाएर यात्रामा निस्कन आग्रह गरेको छ ।
हुस्सु र कुहिरोको कारण सिमरा विमान स्थलबाट आज बिहान हुने हवाई उडान समेत प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्