तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री र बङ्गलादेशका राजदूत चौधरीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । 

मन्त्रालयमा आज भएको भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न राजदूत चौधरीलाई आग्रह  गर्नुभयो । 

मन्त्री पौड्याल र राजदूत चौधरीबीचको भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको छ ।  

भेटका अवसरमा राजदूत चौधरीले श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुनुहुने बङ्गलादेशी विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन अनुरोध गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button