तपाईँ सुन्दै हुनुहुन्छः

दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौँ । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । 

यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट शेयर धनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । 

स्वाभिमान लघुवित्तले शेयर धनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद  गरी २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको चुक्ता पुँजी रू १२ करोड १७ लाख ८२ हजार १५० छ । 

साथै सबैको लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस र शून्य दशमलव ९४ प्रतिशत नगद गरी १८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको चुक्ता पुँजी रू २७ करोड छ । 

दुवै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button