कर्णाली सरकारले पूर्णता पायो

सुर्खेत । कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिमण्डललाई पूर्णता दिनुभएको छ । आज मुख्यमन्त्री शर्माले सात सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।
मुख्यमन्त्री शर्माले नेकपा माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्मा र सुर्खेतका कृष्णबहादुर जिसी र नेकपा एमालेबाट डोल्पाका शेरबहादुर बुढा र जुम्लाका टेकराज पछाईलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ ।
मुख्यमन्त्री शर्माले यसअघि एमालेबाट दैलेखका विनोदकुमार शाह र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाहीलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
नेकपा एमालेबाट मन्त्री बनेका दैलेखका शाह आर्थिक मामिला तथा योजना मन्त्री, जुम्लाका पछाई सामाजिक विकास मन्त्री र मुगुका जीतबहादुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका सुर्खेतका जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री, मुगुका शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत र सल्यानका शर्माले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्