तपाईँ सुन्दै हुनुहुन्छः

जडीबुटी मिसाएको गेडागुडी खाँदा एक जनाको मृत्यु, तीन बिरामी

जुम्ला । जडीबुटी मिसाएको गेडागुडी खाँदा जुम्लामा एक जनाको मृत्यु भएको छ भने तीन जना बिरामी भएका छन् ।

जडीबुटी मिसाएर पकाएको गेडागुडी खाँदा चन्दननाथ नगरपालिका ८ रोकाया बाडामा निवासी ३५ वर्षीय का दिपक रोकायाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक डिएसपी नरेन्द्र चन्दले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथका ८ निवासी वर्ष ३८ का तिल रोकाया, वर्ष २८ का टङ्क रोकाया र वर्ष ३० का पारस धराला बिरामी भएका छन् ।

गेडागुडी खाइसकेपछि सबै जना एक्कासी बेहोस भएका थिए । तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लिएको स्थानीय भैरवबहादुर धरालाले बताउनुभयो ।

गेडागुडीमा हालिएको जडीबुटीमा विष परेको हुनसक्ने स्थानीय भैरवबहादुर धरालाको अनुमान छ । बिरामीहरूको आइसियुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button