नवनिर्वाचित सभामुख घिमिरेद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पदभार ग्रहण गर्नुभएको छ ।
सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गर्दै सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर गर्नुभयो ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख घिमिरेले संसद्लाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभयो ।
सभामुख घिमिरेले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्