तपाईँ सुन्दै हुनुहुन्छः

श्रोत नखुलेको १६ लाखसहित एक भारतीय नागरिक पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला दुहबी महिनाथपुर ग्राम पञ्चायत बस्ने वर्ष ४२ का राजेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

उनलाई मङ्गलवार धनुषाको विदेह नगरपालिका वडा नं.२ बाट ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो  । 

बी.आर.३२ ए.सी. ७६७९ नम्बरको स्कुटर चढेर भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा स्कुटरको डिक्कीभित्र कालो प्लाष्टिकमा श्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button