तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशमा एमाले संसदीय दलको नेतामा यामलाल कँडेल

सुर्खेत ।  कर्णाली प्रदेशमा एमाले संसदीय दलको नेतामा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेल सर्वसम्मत चयन हुनुभएको छ । 

संसदीय दलको नेतामा दाबी गरिरहनुभएका एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले समर्थन गरेपछि कँडेल सर्वसम्मत रुपमा दलको नेतामा आज चयन हुनुभएको हो । 

कँडेलले सरकारको नेतृत्व गर्ने उद्देश्यसहित दोस्रो पटक पनि प्रदेशमै चुनाव लड्नुभएको थियो । 

४० सिट रहेको कर्णाली प्रदेशसभामा यो पटक एमाले १० सिटसहित तेस्रो दलको रुपमा रहेको छ । 

एमाले र नेकपा माओवादी केन्द्रबीच आपसी तालमेल भएमा यस पटक कँडेल नै मुख्यमन्त्रीको प्रबल दाबेदार मानिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button