तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न कांग्रेसका सांसदहरुकाे माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले काङ्ग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएको सांसद चन्दा चौधरीले जानकारी दिनुभयो । 

जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताउनुभयो । 

राष्ट्रपति विद्यादेवी  भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदै छ । 

प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button