पुस्तकालयका उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार
टीकापुर कैलाली । टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार प्रदान गरिएको छ ।
महिना भरी पुस्तकालयमा आइ अध्ययन गर्ने एक उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणा अनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले पोलिटेकनिक इन्सिट्युटका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको हो ।
चौधरीलाई १० हजार नगद र सम्मान पत्रले पुरस्कृत गरिएको हो ।
टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्