राष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देही आउने
रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहीबार रुपन्देही आउने भएपछि यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । बुटवलमा आजदेखि सुरु हुने १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटनका लागि राष्ट्रपति रुपन्देही आउन लाग्नुभएकाे हाे ।
राष्ट्रपतिले आज दिउँसो १ बजे हुने मेलाको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति आउने भएपछि महोत्सव स्थल, नेपाल भारत सीमा क्षेत्र तथा समग्र जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । भण्डारीले रुपन्देही पाल्पाको सिमानामा रहेको सिद्ववावा मन्दिरमासमेत पूजा गर्ने कार्यक्रम छ ।







प्रतिक्रिया राख्नुहोस्