तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपा संसदीय दलको नेतामा अध्यक्ष लिङ्देन चयन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन चयन हुनुभएको छ ।

आज बसेको राप्रपा संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत दलको नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

४ मंसिरमा सम्पन्न निर्वाचनमा राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सात र समानुपातिकबाट सात गरी १४ सिट जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button