तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय ज्यापू दिवस–उद्घाटन (फोटो फिचर)

लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ ।

काठमाडौँको बसन्तपुरमा बिहीबार आयोजित १९ औँ राष्ट्रिय ज्यापू दिवस समारोह भब्यताका साथ् मनाइएको छ ।

हेर्नुस् फोटो फिचर :

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार काठमाडौँको बसन्तपुरमा आयोजित १९औँ राष्ट्रिय ज्यापू दिवस समारोहको उद्घाटन गर्नुहुँदै ।
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार काठमाडौँको बसन्तपुरमा आयोजित १९आँै राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै ।
उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बिहीबार बसन्तपुरमा आयोजित सांस्कृतिक ¥यालीमा योमरी प्रदर्शन गरिँदै ।
उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बसन्तपुरमा आयोजित सांस्कृतिक ¥यालीमा काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दुर शाक्य र हालका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी ।
योमरी पूर्णिमाका अवसरमा नेवारी समुदायहरुले काठमाडौँमा बिहीबार आयोजना गरेको सांस्कृतिक ¥यालीमा सहभागी कुमारीहरु ।
काठमाडौँको बसन्तपुरमा बिहीबार आयोजित १९ औँ राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागीहरु। तस्बिरः रोशन सापकोटा

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button