पूर्वसञ्चारमन्त्री बास्कोटाको लोकन्थली स्थित घरमा शङ्कास्पद वस्तु फेला
भक्तपुर । नेकपा एमालेका नेता ,पूर्व सञ्चारमन्त्री एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शङ्कास्पद वस्तु फेला परेको छ ।
मध्यपुर थिमि १ लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
सूचना पाए लगत्तै प्रहरीको टोली सो स्थानमा पुगेको थियो ।शङ्कास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको र टोली सो स्थलमा पुगेको भक्तपुर प्रहरीले जनाएको छ ।
आज बिहान सबेरै छिमेकीले शङ्कास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि २०७६ फागुनमा सोही घरमा बम विस्फोट हुँदा सामान्य क्षति भएको थियो ।
काभ्रेबाट निर्वाचित बास्कोटा काभ्रेस्थित घरमै रहेको रहेको जनाइएको छ ।शङ्कास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन ।








प्रतिक्रिया राख्नुहोस्