अमेरिकाको भर्जिनियामा बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्य स्थित प्रसिद्ध किनमेल केन्द्र वालमार्टमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
बन्दुकधारीले आफ्ना सहकर्मीहरू माथि गोली चलाए पछि आत्महत्या गरेको, अन्तर्राष्ट्रिय सञ्चार माध्यम
बिबिसीले जनाएको छ ।
गोली चलाउनुको कारण स्पष्ट नभएको प्रहरीले उल्लेख गरेको छ ।
प्रहरीले बन्दुकधारी ३१ वर्षीय आन्द्रे बिङ रहेको बताएको छ।








प्रतिक्रिया राख्नुहोस्