तपाईँ सुन्दै हुनुहुन्छः

कोप २७ सफल निष्कर्ष नजिक 

काठमाडौं । विश्वव्यापी जलवायु परिवर्तन रोक्न विकसित राष्ट्रहरूले थप आर्थिक सहयोग गर्ने बताएपछि राष्ट्र संघीय जलवायु सम्बन्धी शिखर सम्मेलन कोप २७ सफल निष्कर्ष नजिक पुगेको छ ।

इजिप्टमा जारी सम्मेलनमा उचित निष्कर्ष ननिक्लिए पछि सम्मेलनको अवधि आज सम्म थपिएको थियो । 

युरोपेली सङ्घले जलवायु संकट सगं जुध्न विकासिल राष्ट्रहरूलाई थप आर्थिक सहयोग गर्ने नयाँ नीति अघि सारे पछि सम्मेलन निष्कर्ष नजिक पुगेको हो  ।

विकासिल राष्ट्रहरूले  आफू अनुरूपको सहमतिका लागि आज  थप पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button