सीमा नाकाहरू शील भए लगत्तै सीमा क्षेत्र सुनसान

बर्दिया । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मङ्सिर १ गते बिहीबार राती १२ बजेदेखि नेपाल भारत सिमानामा पर्ने विभिन्न नाकाहरू शील भए लगत्तै मानिसहरूको आवतजावत बन्द भएको छ ।
अन्य समयमा आवतजावत गर्ने सवारी साधन तथा सर्वसाधारणको आवतजावत गर्ने तराइका विभिन्न नाकाहरू सुनसान बन्न थालेका छन् । भारतसँग सीमा जोडिएका जिल्लाहरूले निर्वाचन सुरक्षालाई लक्षित गर्दै सीमा बन्द गर्ने निर्णय गरेपछि सिमानामा अहिले बिस्तारै सुनसान भएको छ । निर्वाचन सुरक्षाका निम्ति गृह मन्त्रालयले जारी गरेको विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला प्रशासन कार्यालयहरूले सीमानाका बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि बर्दिया जिल्लामा गए राति १२ बजे देखि नेपाल भारत सिमाना बन्द भएको छ । बर्दिया जिल्लाको नेपाल भारत सिमानामा पर्ने विभिन्न नाकाहरू बिहीबार १ गते राति १२ बजे देखि मङ्सिर ४ गते आइतबार राति १२ बजे सम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
बर्दियाको चार पालिका भारत सीमासँग जोडिएको छ । जिल्लाको बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र राजापुर नगरपालिकाको करिब ८३ किलोमिटर सीमा नाकामा नेपाल र भारत तर्फका सुरक्षाकर्मीको संयुक्त गस्ती हुने प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनु भएको छ ।
निर्वाचनका अवधिभर कुनै पनि कुनै पनि गलत गतिविधि हुन नदिन भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका निमित्त सीमा नाकामा आवागमनमा कडाइका साथ सुरक्षा गस्ती परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्