तपाईँ सुन्दै हुनुहुन्छः

नियोकले डाटा सेन्टर स्थापना गर्ने

sf7df8f}F, ! dªl;/ M kqsf/ ;Dd]ngdf lgof]usf cWoIf >]i7 /fli6«o lgjf{rg ko{j]If0f ;ldlt -lgof]u_ n] oxL dªl;/ $ ut] x’g] lgjf{rg ko{j]If0f;DaGwL hfgsf/L lbg laxLaf/ cfof]lht kqsf/ ;Dd]ngdf dGtJo /fVg’x’Fb} lgof]usf cWoIf slkn >]i7 . tl:a/M sflnsf v8sf÷/f;;

काठमाडौँ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ७७ वटै जिल्लामा तालिम प्राप्त पर्यवेक्षकमार्फत निर्वाचनको पर्यवेक्षण गर्ने जनाएको छ । 

नियोकले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्वाचनको दिन र स्थिर समयका सम्पूर्ण क्रियाकलापको पर्यवेक्षण गर्न ७ प्रदेश र ७७ वटै जिल्लामा करिब २ हजार छोटो अवधिका पर्यवेक्षकहरू परिचालन गर्ने जानकारी दिएको हो ।  

पत्रकार सम्मेलनमा नियोकका अध्यक्ष कपिल श्रेष्ठले  निर्वाचनमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित रुपमा सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई आग्रह गर्नुभयो ।

निर्वाचन पूर्व अवधिमा पर्यवेक्षण गर्दा तराईका केही जिल्लामा निर्वाचन प्रचारप्रसारका क्रममा द्वेषपूर्ण अभिव्यक्ति, दलहरुबीच झडप, दलका नेता र उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको  नियोकका महासचिव देविका तिमल्सिनाले जानकारी गराउनुभयो । 

त्यस्तै निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन नियोकले राष्ट्रिय स्तरमा डाटा सेन्टर को स्थापना गर्ने भएको छ । 

मतदानको दिन मतदान केन्द्रहरूमा खटिएका नियोकका पर्यवेक्षकसँग एसएमएस प्रविधिमार्फत नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना सङ्कलन र सम्प्रेषण गर्ने उद्देश्य रहेको नियोकका महासचिव तिमिल्सिनाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button