तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको मिति नजिकिँदै गर्दा झापामा नमुना मतदान

भद्रपुर, झापा I निर्वाचनको मिति नजिकिँदै गएको बेला झापामा नमुना मतदान गरिएको छ ।

शिवसताक्षी नगरपालिकाको कार्यालयमा आज निर्वाचन आयोगले नमुना मतदान गराएको हो । त्यहाँ प्रतिनिधिसभा, प्रदेशसभा र दुवैतर्फका समानुपातिक मतपेटिका राखेर नमुना मतदान गराइएको थियो ।

निर्वाचनमा खटिने कर्मचारीहरू र अन्यलाई सहभागिता गराई मतदान अधिकृतहरूले खेल्नु पर्ने भूमिकाका बारेमा प्रष्ट पारिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।  मतदानका क्रममा निर्वाचनमा खटिने कर्मचारीहरूमाथि आइपर्ने समस्या र त्यसको समाधानका लागि खेल्नुपर्ने भूमिका बारेमा सचेत गराउने उद्देश्यले पनि नमुना मतदान गराइएको कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम पर्याप्त नहुँदा मत बदरको सङ्ख्या बढेकाले निर्वाचन आयोगले यस पटक प्रभावकारी ढंगले मतदाता शिक्षा र नमुना मतदानमा जोड दिएको बताइएको छ ।

योसँगै झापाका सबै स्थानीय तहमा नमुना मतदान गराइएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button