कांग्रेस निर्वाचन परिचालन समितिमा दुई सदस्य थप
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९, केन्द्रीय परिचालन समितिमा दुई सदस्य थप गर्नुभएको छ ।
सभापति देउवाले समितिमा चण्डेश्वर वैद्य, काठमाडौँ र केशर रोकाय, सुर्खेतलाई नियुक्त गर्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गर्नुभएको समितिमा आज दुई सदस्य थप गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्