‘विस्तृत शान्ति सम्झौतादेखि नै गठबन्धन सुरु’
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी र लोकतान्त्रिक शक्तिहरू बिचको एकताको मात्रै अर्थ रहने बताउनुभएको छ ।

गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सम्झौता र सहमति आमनेसामने बसेर लड्नेहरूकै बीच हुने बताउनुभयो । ‘सहमति हुने विमति राख्नेहरूकै बीचमा हुने हो । एउटै मत राख्नेहरूबिच हुने सहमति र सम्झौताले देशलाई निकास दिँदैन । त्यसकारण नेपाली काँग्रेस र वामपन्थीहरूको बिचमा भएको सहमतिले मात्र अर्थ राख्दछ ।’

अध्यक्ष प्रचण्डले माओवादी र काङ्ग्रेसबिच विस्तृत शान्ति सम्झौतादेखि नै गठबन्धन सुरु भएको उल्लेख गर्नुभयो ।
उहाँले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको सुनाउनुभयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्