जी २० शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी इन्डोनेसियामा

बाली, इन्डोनेसिया । चिनियाँ राष्ट्रपति सी चिनफिङ जी २० शिखर सम्मेलनमा भाग लिन आज इन्डोनेसिया पुग्नु भएको छ ।
जी २० शिखर सम्मेलन मङ्गलबार विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ पार्ने, दिगो ऊर्जा सङ्क्रमणको गति बढाउने र डिजिटल रूपान्तरणको प्रवर्द्धनमा केन्द्रित हुने बताइएको छ ।
यसपछि थाइल्याण्डको राजधानी बैंककमा २९औँ एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन इकोनोमिक लिडरहरूको बैठक हुनेछ ।रासस/सिन्ह्वा







प्रतिक्रिया राख्नुहोस्