प्रतिगमन विरोधी आन्दोलनको उपज गठबन्धन: अध्यक्ष प्रचण्ड
गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचनमा भएको गठबन्धन प्रतिगमन विरोधी आन्दोलनको उपज भएको बताउनुभएको छ ।
गोरखा दरबार सङ्ग्रहालयमा पत्रकारहरूसँग कुरा गदै दाहालले प्रतिगमन विरुद्ध सिङ्गो पत्रकार जगत एक भएको र प्रतिगमनलाई निर्मूल पार्न आफूहरूले नेतृत्व गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले आफू प्रधानमन्त्री बन्नैपर्छ भन्ने नरहेको तर देशले माग गरे तयार रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्