तपाईँ सुन्दै हुनुहुन्छः

सन्दिप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले नाबालिग बलात्कारका आरोपित लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएसँगै आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि लामिछानेलाई केन्द्रीय केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ । 

सोमबार काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्तीकरणीको मुद्दामा मङ्गलवारदेखि थुनछेक बहस सुरु भएको थियो । 

लामिछानेले ५ भदौमा सिनामंगलको एक होटलमा लगेर बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा एक नाबालिगको किटानी जाहेरी परेको थियो । जाहेरीका आधारमा प्रहरीले २४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । 

प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले कात्तिक १४ गते लामिछानेलाई जिल्ला अदालत काठमाडौँमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button