तपाईँ सुन्दै हुनुहुन्छः

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा पोखरेल र शर्माबिचमा रोचक प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का महासचिव  शङ्कर पोखरेल र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य रेखा शर्मा प्रमुख प्रतिस्पर्धी हुनुहुन्छ । 

लुम्बिनी प्रदेशको राजधानी दाङ तोकिनुमा आफूले पहल गरेका कारण सम्भव भएको र बाँकी अपूरा काम सङ्घीय सरकारमार्फत पूरा गराउने पोखरेलले प्रतिबद्धता जनाउनुभएको छ । पोखरेल २०७४ को निर्वाचनमा दाङ–२ प्रदेशसभा ९१० बाट विजयी हुनुभएको थियो ।

सङ्घीय सरकारको सामान्य प्रशासनमन्त्री भइसक्नुभएकी रेखा शर्मालाई प्रतिस्पर्धा रूपमा हुनुहुन्छ । २०६४ र २०७४ को निर्वाचनमा समानुपातिक सांसद बन्नुभएकी शर्मा यस पटक भने प्रत्यक्षतर्फबाट निर्वाचनमा होमिनु भएको छ । 

दाङ क्षेत्र नं २ मा घोराही उपमहानगरपालिकाका १९ वटै वडा, तुलसीपुर उपमहानगरपालिकाको वडा नं १६, १७, १८ र १९ वडा र बङ्गलाचुली गाउँपालिका यही क्षेत्रमा पर्दछन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा घोराही र तुलसीपुरका अधिकांश वडा एमालेका उम्मेदवारले जितेका छन् । बङ्गलाचुली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका थिए ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस विपीका गोविन्दप्रसाद शर्मा, नेकपा मालेका नेत्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगी, नेमकिपाका आशाराम वैद्य, मङ्गोल नेशनल अर्गनाइजेशनका खड्कबहादुर बुढामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका इञ्जीनियर विशाल अधिकारी, मौलिक जरो किलो पार्टीका रामचन्द्र खड्का, हाम्रो नेपाली पार्टीका शशिराम चौधरी, नेपाल आमा पार्टीका गीता रावत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी हुनुहुन्छ । यसैगरी यमलाल जिसी र भुपनाथ अर्जेल र कृष्णबहादुर डाँगी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसैगरी निर्वाचन क्षेत्र नं २ को १ बाट प्रदेशसभाका लागि एमालेका तर्फबाट बलिभद्र राणा र कांग्रेसका राजु खनालको बीचमा प्रतिस्पर्धा छ । निर्वाचन क्षेत्र नं २ को ९२० बाट प्रदेशसभाका लागि एमालेका गिरीराज केसी, कांग्रेसका प्रचण्डविक्रम न्यौपानेको बीचमा कडा प्रतिस्पर्धा रहेको छ । क्षेत्र नं २ को ९१०मा ६३ हजार तीन सय २२ मतदाता छन् भने ९२०मा ७० हजार चार सय २६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । क्षेत्र नं २ को ९१० मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र, क्षेत्र नं २ को ९२० मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button