स्वर्णपदक विजेता बुढा सम्मानित
जुम्ला । कीर्तिमानी कर्णालीका स्वर्ण पदकधारी धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगञ्ज हुँदै गृह जिल्ला जुम्ला पुगेका बुढालाई खादा र अबिर लगाएर स्वागत तथा सम्मान गरिएको हो । बुढालाई स्वागत गर्न जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य-सचिव सङ्गीता आचार्यसहित जुम्लाका सरोकारवाला बाजागाजा लिएर जुम्ला विमानस्थलमा पुगेका थिए ।
गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका बुढा प्रथम हुनुभएको थियो । बुढाले मात्र कर्णाली प्रदेशका लागि पहिलो स्वर्ण पदक जित्नुभएको थियो । बुढाले एथलेटिक्सतर्फको तीन हजार मिटर स्टेबल चेस पुरुषतर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिलाउनुभएको थियो ।
कास्कीको पोखरामा सम्पन्न प्रतिस्पर्धामा बुढाले एपीएफ क्लबका अजित यादवलाई पछि पार्नुभएको थियो । बुढाले निर्धारित दूरी आठ मिनेट ५५ दशमलव १९ सेकेन्डमा पार गरेको बताउनुभयो । बुढाले स्वर्ण पदक मात्रै प्राप्त गर्नुभएन तीन हजार मिटरको अहिलेसम्मको रेकर्ड तोडेको खेलकुद विकास कार्यालय जुम्लाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्